गुहेश्वरी मर्चेन्टका अध्यक्षले लिए सपथ

  २०७९ फागुन १२ गते १४:०३     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष युवराज भण्डारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणकर भट्टले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीलाई सपथ गराएका हुन् ।

गत माघ २७ गते सम्पन्न फाइनान्सको २१ औं वार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचनबाट संस्थापक सेयरधनीमा डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी, दिपेश गोर्खाली तथा सर्वसासधारण सेयरधनीबाट सुजन प्रधान, सजीना अमात्य श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

शुक्रबार बसेको कम्पनीको २४८ औं सञ्चालक समितिको बैठकले सञ्चालक समिति अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नबनियुक्त अध्यक्ष भण्डारीले राष्ट्र बैंकबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।