बुद्द एयरले भन्यो : क्यानलाई बक्यौता भुक्तानी गर्न बाँकी छैन

  २०७९ फागुन १२ गते १२:४४     विकासन्युज

काठमाडौं । बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बक्यौता भुक्तानी गर्न बाँकी नरहेको बताएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर बुद्ध एयरले प्राधिकरणलाई बक्यौता तिर्न बाँकी नरहेको बताएको छ ।

कम्पनीले बक्यौता भुक्तानीवापत पाइजे २ प्रतिशतको छुट सुविधा समेत प्राप्त गरिसकेको उल्लेख गरेको छ ।

‘केही सञ्चार माध्यममा प्रकाशित बुद्ध एयरले तिर्नुपर्ने बक्यौता शिर्षक समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ, बुद्ध एयरले तिर्नुपर्ने सम्पूर्ण सेवा दस्तुहरु नागरिक उड्डयन प्राधिकरणलाई समयमै तिरि त्यसबाट पाईने २ प्रतिशतको छुट सुविधा समेत प्राप्त गर्ने गरेका जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.