उपायले सुरु गर्‍यो ट्रक चालकका लागि विश्राम केन्द्र

  २०७९ फागुन ८ गते १३:३९     विकासन्युज

काठमाडौं । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप विराटनगरमा ‘उपाय स्टेशन’ सञ्चालनमा ल्याएको छ ।

करिब तीन बिगाहा क्षेत्रफलमा फैलिएको उपाय स्टेशनमा ड्राइभरहरुलाई विश्राम केन्द्र, ७० वटाभन्दा बढी ट्रकहरु पार्किङ गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपल्ब्ध रहेको छ ।

पूर्वपश्चिम राजमार्गको टंकीशीनवारीमा अवस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र हो । स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था छ ।

उपायका सञ्चालक तथा सह–संस्थापक समेत रहेका रञ्जित श्रेष्ठले उपायको पहिलो सेवामा प्रविधिको माध्यमबाट दुई पाङ्ग्रेदेखि २१ टनको ट्रकसम्मको गाडी नेपालका ठूला सहरमा बुक गर्न मिल्ने सुविधा रहेको जानकारी दिए । दोस्रो सेवामा साना पार्सल, क्युआर कोड र सबै खालका सामानहरु नेपालभर सेवाग्राहीको घरदैलोमा पुर्याउने र अन्तर्राष्ट्रिय मापदण्डको सुविधासम्पन्न गोदामको व्यवस्थापन, भण्डारण र मागअनुसारको वितरणको सुविधा प्रदान गर्ने व्यवस्था गरिएको उनले जानकारी गराए ।

हालसम्म उपायले देशका ६० भन्दा धेरै सहरमा आफ्ना शाखाहरु विस्तार गरिसकेको छ भने आगामी वर्षहरुमा आफ्ना शाखा, फ्रेन्चाइज साझेदारहरु, अन्य उपाय स्टेशन र अन्तर्राष्ट्रिय स्तरको भण्डारण केन्द्रमार्फत नेपालका सातवटै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.