खाद्य गुणस्तर विधेयक हुवहु पारित भए सबै उद्योग बन्द हुन्छन् : महासंघ

  २०७९ फागुन ७ गते १८:०६     विकासन्युज

काठमाडाैं । व्यवसायीहरुले ससंदमा प्रस्ताव भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक निजी क्षेत्रको सुझाव अनुरूप संशोधनमा सहयोग गर्न आग्रह गरेका छन् । नेपाल कम्युष्टि पार्टी(एमाले)का अध्यक्ष ओलीलाई नेपाल उद्योग वाणिज्य महासंघले यस्ताे आग्रह गरेकाे हाे ।

महासंघले संसदमा प्रस्ताव भएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयकका प्रस्तावित प्रावधान हुवहु पारित भएमा खाद्य र खाद्यान्नसँग सम्बन्धित उद्योग/व्यवसायहरू बन्द हुने परिस्थिति आउने बताएकाे छ ।

महासंघकाे उपाध्यक्ष अन्जन श्रेष्ठकाे टाेलीले आइतबार बिहान अध्यक्ष ओलीकाे निजी निवास बालकोटमा भेटी सो ध्यानाकर्षण गराएको हो । भेटवार्ताका क्रममा उक्त विधेयकका सम्बन्धमा महासंघले तयार पारेको तीन महले सुझाव समेत पेश गरिएकाे थियो ।

महासंघले पेश गरेका सुझावमा मुलत अन्तराष्ट्रिय अभ्याससमेतका आधारमा फुड ह्याण्डलर प्रोटोकल्स एण्ड फुड सेफ्टी रुल्समा उल्लेख भएका प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम मिति, लेवलमा खुलाउन पाउने कानूनी व्यवस्था गरिनु पर्ने र बस्तुगत आधार बेगर शंकाको आधारमा खाद्य पदार्थ बिक्री वितरणमा रोक लगाएको कारणबाट निर्दोष बिक्रेतालाई पर्न जाने आर्थिक नोक्सानीको निमित्त क्षतिपूर्ति दिने व्यवस्था गरिनु पर्ने लगायतका विषय रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.