नागरिक उन्मुक्तिका सांसद अरूण चौधरी रिहा

  २०७९ फागुन ७ गते १५:४६     विकासन्युज

काठमाडौं । कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा भएका छन् ।

उनी प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी दिएकी थिइन् । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

विसं २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार चार सय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.