एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली

  २०७९ फागुन ७ गते १५:३३     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे । एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले भने, ‘अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ ।’

अध्यक्ष ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, ‘हाम्रो देश समृद्ध र सुखी बन्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भने, ‘पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।’

एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा माओवादी केन्द्रको पनि साथ र समर्थन रहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.