सामान्य जागिर गरेर बाइक किन्न कति समय लाग्ला ?

  २०७९ फागुन ७ गते १३:१५     विकासन्युज

काठमाडौं । मोटरसाइकल खरिद गर्नु अधिकांश युवाको सपना हो । पछिल्लो समय दुई पाँग्रे सवारी साधनको प्रयोग गर्ने युवाहरुको जमात बढ्दै गइरहेको छ । कतिपयले महँगो बाइक खरिद गरेर आफ्नो प्यासन पुरा गर्छन् भने कतिपय आफ्नो दैनिकी चलाउनकै लागि भएपनि मोटरसाइकल किन्छन् ।

गाउँमा बस्ने युवाहरु शहर झरेपछि आफ्नै सवारी साधन प्रयोग गर्ने तीव्र इच्छा देखाउँछन् । गाउँमा झरेकाहरु मोटरसाइबल चलाउन चाहन्छन् । शहर बस्नेहरु कारको सपना देख्छन् । तर, विडम्बना बढ्दै गइरहेको महँगीले धेरैको सपना पिनामै सीमित बनिरहेको छ भने वेरोजगार हुनु परेको बाध्यताले पनि धेरेले इच्छा पुरा गर्न सक्दैनन् ।

अधिकांश युवाहरु प्लस टु पढेपछि कामको खोजीमा भौतारिन्छन् । केहीले पढाइलाई निरन्तरता दिँदै काम गर्न थाल्छन् । केही पलायन हुन्छन् । केहीले आफ्नै व्यवसाय सुरु गर्छन् । तर, नेपालको जागिर कमै तलबमा काम गर्नु पर्ने बाध्यता रहन्छ । एउटा युवाले जागिर सुरु गर्दादेखि बचत गरेको रकमले कति समयपछि एउटा मोटरसाइकल खरिद गर्न सक्ने क्षमता राख्छ होला ? आज हामीले यस विषय छोटो हिसाब निकालेका छौं ।

मोटरसाइकलको खरिदको भन्दा अगाडि तलबको चचौ गरौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालीहरूको न्युतम पारिश्रमिक १५ हजार रुपैयाँ निर्धारण गरेको छ । विभागले आधारभूत पारिश्रमिक ९ हजार ३ सय ५८ र महँगी भत्ता ५ हजार ६ सय १५ गरी जम्मा मासिक १५ हजार रुपैयाँ छ ।

यसमा दैनिक आधारभूत पारिश्रमिक ३ सय ६१ र महँगी भत्ता २ सय १६ रुपैयाँ गरी दैनिक भत्ता ५ सय ७७ रुपैयाँ हुन्छ । प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महँगी भत्ता २९ रुपैयाँ गरी कुल ७७ रुपैयाँ हुन्छ ।

एउटा व्यक्तिको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ भयो भने वार्षिक एक लाख एक लाख ८० हजार रुपैयाँ जम्मा हुन्छ । त्यसमा साढे २ हजार रुपैयाँ कर काटिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ को उपदफा (३)मा पनि श्रमिकले पाउने सेवा सुविधा समावेश छ ।

अब कुरा गरौं मोटरसाइकलको मूल्यको । अहिले बजारमा विभिन्न किसिम र मूल्यका मोटरसाइकलहरु छन् । न्यूनतम २ लाख रुपैयाँदेखि लाखौं पर्ने मोटरसाइकल बजारमा पाइन्छन् । तीन लाख वा साढे तीन लाख रुपैयाँ पर्ने बाइक एउटा युवाको लागि उपयुक्त हुन्छ ।

एउटा सामान्य जागिर गरेर १५ हजार रुपैयाँ मासिक तलब हुँदा साढे तीन लाखको मोटरसाइलक खरिद गर्न २ वर्ष कुनु पर्छ । तर, व्यक्तिले जति कमायो त्यति नै बचत गर्ने भन्ने हुँदैन । शहरको महँगी, कोठा भाडा र लगायत खर्च गर्दा जति कमायो त्यतिनै बचत गर्न सक्ने हुँदैन ।

१५ हजार रुपैयाँ मासिक कमाएर त्यसको आधा अर्थात् ७ हजार ५ सय रुपैयाँ बचत गर्न सकियो भने एउटा व्यक्तिलाई साढे तीन लाख रुपैयाँको मोटरसाइकल खरिद गर्न ४ वर्ष पर्खिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.