अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट

  २०७९ फागुन ३ गते १२:१७     विकासन्युज

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ । २०६३ फागुन ३ गतेदेखि सञ्चालनमा आएको अस्पताल १६औं वर्ष पुरा गरि १७औं वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा अल्का अस्पतालले बुधबार आफ्ना सबै सेवाहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरुको उपचारमा कुनै पनि कन्जुस्याई नगर्ने बताए । आगामी दिनमा अस्पताल स्तरउन्नति र सेवा विस्तार आफूहरुको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

अल्का अस्पतालले नयाँ नयाँ प्रविधि भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ । टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया लगायतका विशेषज्ञबाट अस्पतालले बिरामीलाई सेवा दिइरहेको छ । अल्का अस्पतालमा सुविधा सम्पन्न ल्याव र आफ्नै नसिर्ङ कलेज छ । वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.