जनउत्थान सामुदायिक लघुवित्तको हालसम्मकै न्यून लाभांश घोषणा

  २०७९ फागुन २ गते १८:२२     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको हालको चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २६.३१५७ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ५२ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७३/७४ मा २१.०५/२१.०५ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.