भीमफेदी–कुलेखानी सडक आजदेखि २ महिना बन्द

  २०७९ फागुन १ गते १४:३८     विकासन्युज

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयकाअनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधानलाई आज बिहानैदेखि मकवानपुरको चित्लाङ हुँदै थानकोटको बाटोबाट सवारीसाधन  सञ्चालन गराइएको छ ।

उक्त कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन (सुमो, जीप, कार, मोटरसाइकल र मिनी बस)लाई ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिङ्गन हुँदै कान्तिलोकपथबाट दुई महिनाका लागि यातायात सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

यसैबीच वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल एवं मन्त्रीहरु र सरोकारसँग सम्बन्धित निकाय, यातायात व्यवसायी, स्थानीय प्रशासन र प्रहरीसहितको संयुक्तरुपमा बसेको बैठकले भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडक मर्मत गर्ने निर्णय गरेकाले दुई महिनाका लागि यातायात सञ्चालनमा रोक लगाई कार्यान्वयन गर्न आजैदेखि कुलेखानी, थानकोट र भट्टेडाँडा कान्तिलोकपथमा अस्थायीरुपमा हल्का सवारीसाधन सञ्चालन गराइएकोे सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ करिब दुई हजारभन्दा बढी हल्का सवारीसाधन दैनिक सञ्चालनमा रहेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.