अटो व्यवसायी पानी बिनाका माछा भए : उपाध्यक्ष श्रेष्ठ

  २०७९ माघ २७ गते २०:०१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले अटो व्यवसायी पानी बिनाका माछा भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो बताएका हुन् ।

‘अटो व्यवसायी पानी बिनाका माछा भए, राज्यले सोचेर नीति बनाउनु पर्छ,’ उनले भने ।

उनले आयात प्रतिबन्ध गर्दा ठूलो समस्या व्यहोर्नु परेको समेत बताए ।

‘आयात प्रतिबन्ध सफल भएन, अनाधिकृत व्यापार बढ्यो, राजश्व घट्यो, बजार सुस्त भएर अर्थतन्त्र सुस्त भयो,’ उपाध्यक्ष श्रेष्ठले बताए ।

पछिल्लो समय बजारमा नैराश्यता रहेको बताउँदै उनले भने- ‘२ दर्जनले आत्महत्या गरे, कयौं डिप्रेसनको औषधि खाइरहेका छन्, यसको समाधान कसले गर्ने हो ? राज्यले जवाफ दिनु पर्छ ।’

साथै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध वार्षिक मौद्रिक नीतिको समीक्षा अपुग भएको उपाध्यक्ष श्रेष्ठको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.