टाटा जेनभोल्टज जेनेरेटरमा उपभोक्ताको आकर्षण बढ्यो

  २०७९ माघ २७ गते १७:३१     विकासन्युज

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरले छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरू गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ । कम्पनीका अनुसार टाटा जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक वृद्धि भइरहेको छ ।

विभिन्न प्रयोजनको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढीभन्दा बढी उपभोक्ताहरूमा यसप्रति आकर्षण देखिरहेको कम्पनीको भनाइ छ।

टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ।

सिपिसिबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाँउछ ।  यो उत्पादनमा सुरक्षित एवम् टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता समेत रहेको कम्पनीको भनाइ छ।

सिप्रदी ट्रेडिङका ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारीले भने, ‘टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रीत हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको छ।’

नेपालको पूर्वाधार एवम् औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेकोमा  विश्वस्त रहेको समेत उनले बताए ।

निर्माण एवम् पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.