डिभाइसको स्टोरेज क्षमता खाली गर्ने सुविधा ल्याउँदै राकुटेन भाइबर

  २०७९ माघ २७ गते १७:१७     विकासन्युज

काठमाडौं । राकुटेन भाइबर डिभाइसको स्टोरेज क्षमता उद्धार गर्ने सुविधा ल्याँउने भएको छ । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी एपले नयाँ स्टोरेज व्यवस्थापन सुरु गरेको हो ।

यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई आफ्नो स्टोरेजको नियन्त्रण दिन्छ र सजिलै चाहिएको बेला स्पेस खाली गर्न सकिनेछ। सिमित स्टोरेज भएका प्रयोगकर्ताहरुले अब भाइबर एप अझ बढी प्रभावकारी रूप्मा निश्चिन्त भएर प्रयोग गर्न सकिने कम्पनिले जनाएको छ।

भिडियोहरु, एआर लेन्स,तस्बिरहरु,लगायत अन्तरक्रियात्मक सञ्चारका अन्य प्रकृयाहरुका कारण मिडिया मेसेजहरू ठूलो मात्रामा बढिरहेका छन् । साे कारण पुरानो मोबाइल उपकरणहरूको संस्करणहरूलाई डाटा ह्यान्डल गर्न चुनौतीपूर्ण बनेको छ । स्टाटकाउन्टर ग्लोबलस्टाटको अनुसार, लगभग ४० प्रतिशत मोबाइल र ट्याब्लेट प्रयोगकर्ताहरूले,एन्ड्रोइड संस्करण ११.० वा सोभन्दा कम प्रयोग गर्छन् । यो कारणले थुप्रै मानिसहरु कम स्टोरेजको समस्या भोगिरहेका छन्।

भाइबरको नयाँ स्टोरेज म्यानेजमेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो सम्पूर्ण भाइबर एपबाट क्यास क्लिन गर्न वा कुन च्याटहरूलाई स्पेस खाली गर्न आवश्यक छ भन्ने जानकारी र सुविधा समेत दिनेछ। स्टोरेज म्यानेजमेन्टले प्रयोगकर्ताहरूलाई तिनीहरूको उपकरणमा भाइबरले कति ठाउँ लिन्छ भनेर हेर्न मद्दत गर्दछस साथै तिनीहरूसँग कति कुल स्टोरेज खाली छ कति खाली स्टोरेज बाँकी छस र प्रत्येक च्याटले कति स्टोरेज प्रयोग गर्दछ जस्ता जानकारी भाइबरले दिनेछ।

प्रयोगकर्ताहरूले प्रत्येक च्याटमा हटाउन चाहेका फाइलहरू छनौट गरेर अनावश्यक फाइलहरू डिलिट गर्न सक्छन्। यसले च्याटबाट कुनै पनि नचाहिएको मिडिया सामग्रीहरू जस्तै भिडियोहरू, तस्बिरहरु वा फाइलहरू डिलिट गर्न मद्दत गर्छस । यसरी डिलिट गर्दा, जुन प्रयोगकर्ताले डिलिट गरेको हो, उसको च्याटमा स्टोरेज खाली हुन्छ जबकि कुराकानीमा अन्य सहभागीहरूका लागि मिडिया फाइलहरू हट्नेछैन । यदि प्रयोगकर्ताहरूले एपमा प्राप्त फाइलहरू पहिले नै डाउनलोड गरिसकेका छन् भने, ती फाइलहरू प्रयोगकर्ताको उपकरणमा सुरक्षित रूपमा स्टोर हुनेछन् ।

भाइबरको नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई उनीहरूको स्टोरेजको नियन्त्रण दिदै जस्ले गर्दा नयाँ सिस्टमले मिडिया फाइलहरू छान्न, डिलीट गर्न र स्पेस खाली पार्न सहज बनाउँनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.