२०७९ माघ २६ गते १०:३५ विकासन्युज
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको माघ १० गते बसेको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको हालको चुक्ता पूँजी ३२ करोड रुपैयँ रहेको छ ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २०.०३१ प्रतिशत बोनस सेयर र १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.