२०७९ माघ २६ गते ७:३६ विकासन्युज
काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४० प्रतिशत बढेर १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ प्रतिशत घटेर २ अर्ब ४० करोड ७६ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४२ लाख ३५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत घटेर १ अर्ब ३५ करोड ३१ लख ७८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६० लाख ९१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७.२३ प्रतिशत बढेर २ अर्ब ७५ करोड ६७ लाख ६३ हजार रुपैयाँ र जीवन बीमा कोष १२ प्रतिशत बढेर २१ अर्ब ८७ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन २३ करोड १६ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३५ लाख ९८ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.