विप्लवको पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने, भन्छन् : व्यवसायी टाट पल्टिए

  २०७९ माघ २५ गते १४:५८     विकासन्युज

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई दिन देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीले फागुन ५ र १५ गते  महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न भएको हो ।

बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पा्टीले यस्तो निर्णय गरेको हो ।

पार्टीका महासचिव रहेका विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताएका छन् । ‘ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेका छन् तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका छन्,’ उनले भने ।

यस्तै, क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु ठूलो संख्यामा बेरोजगार भएर विक्षिप्त रहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.