मिथिला लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

  २०७९ माघ २२ गते ११:५९     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्तले फागुन १७ गते बुधबार साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्न चौथौं साधारण सभा बोलाएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ५ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा यस कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.