माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा १३ प्रतिशत छुट

  २०७९ माघ १९ गते १७:२१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पतालमा स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन् ।

जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपिडि, बेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढिमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौंबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

माछापुच्छ्रे बैंक लि।ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.