राष्ट्रिय बीमा संस्थानमा काम गर्ने अवसर, यी ५ पदका लागि माग्यो कर्मचारी

  २०७९ माघ १९ गते १२:२९     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । राष्ट्रिय बीमा संस्थानले कर्मचारीको माग गरेको छ । बीमा संस्थानले करार सेवाका लागि विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे ।

कम्पनीले पाँच पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत १ जना र एक्चुरी (सहायक) २ जना गरी कुल १० जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थानले सीएका लागि स्नातक तह उत्तीर्ण गरी सीए सरहको उपाधि प्राप्त गरेको र कम्प्युटर अधिकृतका लागि ब्याचलर सफ्टवयेर इन्जिनियरिङ्ग, कानुन अधिकृतका लागि कानुन विषयमा स्नाकोत्तर तह उत्तीर्ण र एक्चुरीका लागि म्याथम्याटिकल साइन्समा स्नातक तह उर्तिण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीले तोकेबमोजिम दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.