यूटिएलले घरधनीलाई पीडा दिएकाे गुनासाे, छतबाट टावर हटाउन आग्रह

  २०७९ माघ १७ गते १३:३५     विकासन्युज

काठमाडौं । सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले एउटा सूचना प्रकाशन गरी नेपाल सरकार र प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकम ९यूटिएल० लाई निर्देशन दियो ।

यूटिएलले सरकार र प्राधिकरणलाई पाँच अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३।८८ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

यूटिएललाई पुससम्मको उक्त बक्यौता रकम माघ मसान्तसम्म बुझाउन भनिएको छ । यदि उक्त समयमा रकम दाखिला नगरे कानून बमोजिम अघि बढ्ने प्राधिकरणले चेतावनी दिएको छ ।

यूटिएलले सरकारलाई मात्रै नभएर घरधनीहरुलाई पनि लाखौं रकम भुक्तानी गर्न बाँकी रहेको छ । लामो समयदेखि घरभाडा नदिएको र घरको छतमा राखिएको टावर पनि नहटाएको भन्दै घरधनी केदार खड्काले ३५ दिनभित्र रकम भुक्तानी गर्न अनुरोध गरेका छन् ।

घरधनी खड्काले आफ्नो घरको छतमा राखिएको टावर ३५ दिनभित्र हटाएर बाँकी रहेको भाडा रकम भुक्तानी गर्न आग्रह गरेका छन् । उनले नेपाल दुरसञ्चार प्राधिकरण र महानगरीय प्रहरी वृत ठिमीलाई समेत आवश्यक सहजिकरण गर्न अनुरोध गरेका छन् ।

‘मेरो घरको यूनाईटेड टेलिकमले राखेको मोबाईल टावर ३५ दिन भित्र निकालेर नियमानुसार पाउने घर भाडा उपलब्ध गराई दिन अनुरोध गर्दछु, यदी उक्त समय भित्र मेरो समस्याको समाधान नगर्ने हो भने आफ्नो र छिमेकीको घरको सुरक्षाका लागि बाध्य भएर टावर निकाल्ने छु, साथै नेपाल दुर सञ्चार प्राधिकरण र महानगरीय प्रहरी वृत ठिमीलाई समेत जानकारीको लागी अनुरोध गर्दछु,’ उनले भने ।

घरधनी खड्का र यूटिएलबीच सन् २००९ को जुलाईमा सम्झौता भएको थियो । सम्झौता अनुसार १ अगष्ट, २००९ देखी १० वर्षको लागि घरको एउटा कोठा र छत भाडामा लिएको थियो ।कम्पनीले २०७१ सालदेखी भाडा भुक्तानी दिन छाडेको उनले बताए ।

‘वि।सं। २०७२ सालको भुकम्प गएको केही दिनमा नै कम्पनीमा गएर टावरले आफ्नो र छिमेकीको घर समेत खतरामा पारेकोले टावर तुरुन्त हटाउन ताकेता गरेको थिए तर, अफिसमा भएको सामानहरु उठाई लग्यो, अफिस नै बन्द गरी सम्पर्क गर्ने एकजना व्यक्ति मात्र राखेको थियो,’ उनले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीलाई वि.सं. २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.