नर्सलाई १० हजारमा काम लगाउने अस्पताललाई कारबाही गर्छौं : स्वास्थ्यमन्त्री

  २०७९ माघ १५ गते १४:५४     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले  ८/१० हजारमा नर्सलाई काम लगाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन् ।

न्युनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक नभएकाे बताउँदै उनले त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको अनुगमन गरी कारवाही गर्ने बताए ।

उनले नर्सहरुकाे श्रम शोषण गरेकाे प्रमाण भेट अस्पतालकाे नविकरण नगर्नुकाे साथै खारेजसम्म गर्न सक्ने बताए ।

‘ मैले सुने नर्सहरूले ८/१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ, यसरी न्युनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक हुँदैन, त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्,। यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’उनले भने,’ उनले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.