हिमालयन उर्जाले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने

  २०७९ माघ १५ गते १०:३०     विकासन्युज

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपात अर्थात् २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै हकप्रद सेयर निष्काशन गर्ने छ । साथै, विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले अधिकृत पूँजी र जारी पूँजी वृद्धि गरी ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । साथै, हकप्रद सेयर निश्कासनपश्चात् प्राप्त हुने पूँजी मध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी विक्री गर्ने अख्तीयार सञ्चालक समितिमा रहने गरी प्रबन्ध पत्र संशोधन गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.