१० गुणासम्म रकम फिर्ता पाइने मुद्दति योजनामा ग्राहकले देखाएनन् चासो

  २०७९ माघ १० गते १९:३६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेका विभिन्न मुद्दति खाताहरुमा ग्राहकहरुले चासो नदेखाएको बैंकरहरुले बताएका छन् । तरलताको अभाव भएको बेला ग्राहकबाट निक्षेप तान्नका लागि बैंकहरुले विभिन्न बचत योजनाहरू सार्वजनिक गरेकोमा ती योजनामा ग्राहकले चासो नदेखाएको बैंकरहरुले बताएका हुन् ।

मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले ग्राहकले बैंकले सार्वजनिक गरेको मुद्दति निक्षेप योजनामा चासो नदेखाएको बताएका हुन् । बैंकले सार्वजनिक गरेका योजनाहरू न्यूनतम पाँच वर्षदेखि अधिकतम् २५ वर्षसम्मका छन् । ती योजनामा १० गुणासम्म रकम फिर्ता पाइने स्कीमहरु छन् ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) समेत रहेका केसीले बैंकहरुले ती योजनाहरुमा ब्याजदर पनि बढी भएपनि ग्राहकको आकर्षण नभएको बताए । यस्तै, उनले अहिले विश्वव्यापी रुपमै एक किसिमको संकट भएकोले त्यो संकट नेपालमा पनि आउन सक्ने धारणा राखे ।

‘नेपाली अर्थतन्त्र पर्यटन र रेमिट्यान्सको भरमा चलिरहेको छ, ती दुवै क्षेत्रमा अहिले एक किसिमको सकस छ, त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि पर्न सक्छ,’ केसीले भने ।

यस्तै, उनले पछिल्लो समय बैंकको नाफाको विषयमा अनेकन टिप्पणी भइरहेको बताउँदै उद्योगी व्यवसायीले भनेजस्तो बैंकहरुले नकमाएको र ब्याज पनि धेरै नबढेको धारणा राखे । ‘खराब कर्जा बढेको छ, रिटर्न अन इक्विटी (आरओई) घटेको छ, तर पनि बैंकहरुले जुन किसिमको योगदान गरिरहेका छन् त्यसको श्रेय पाइरहेका छैनन्, बैंकहरुको ब्यउाजपनि कोभिड अघिको तुलनामा १ प्रतिशत मात्रै बढेको छ,’ उनले भने ।

यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले भोलिको दिनमा आउने जोखिमहरुलाई सामना गर्नका लागि तयार र सजग बन्नु पर्ने धारणा राखे । उनले पछिल्लो समय बैंकको ब्याजदरको विषयमा आन्दोलन भइरहेको बताउादै त्यसरी आन्दोलन र नारावाजी गरेर ब्याज तिदैर्नौं भन्नु ब्यवहारिक नभएको बताए ।

उनले पुसमा बैंकको निक्षेप बढेको बताउँदै अब विस्तारै सहज हुन सक्ने पनि धारणा राखे । तर, विश्वव्यापी रुपमा पर्ने असरले नेपालमा पनि निर्धारण गर्ने उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले भने पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सकारात्मक भएकोले केही सहज हुन्छ कि भन्ने देखिएको बताए । वर्तमान अर्थतन्त्र सूचकहरुको विषय प्रस्तुति दिँदै उनले रेमिट्यान्समा सुधार हुँदै गएको, शोधान्तर सुधार हुँदै गएकाले अब अर्थतन्त्र पनि केही सहज हुने होकि भन्ने देखाएको बताए ।

उनले पछिल्लो वर्षहरुमा बैंकहरुको नाफा भने घट्दै गएको धारणा राखे । उनले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रिकभरीमा समस्या हुँदा बैंकको खराब कर्जा पनि बढेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.