होण्डाले ल्यायो १ रुपैयाँमा तीन वर्षको सर्भिसिङ अफर

  २०७९ माघ ९ गते १५:४२     विकासन्युज

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजनाहरु ल्याएको छ ।

यस योजना अन्तर्गतका ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन् । यदि उक्त समय भित्र पार्टस् नपाए ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल १ रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टसको सेवा लिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.