बुद्धले बेच्यो २५ वर्ष चलाएको जहाज

  २०७९ माघ ८ गते १६:४४     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्धले पुरानो जहाज बिक्री गरेको छ । २५ वर्ष अगाडी उडान यात्रा सुरु गरेको पहिलो जहाज बिचक्राफ्ट जहाज बिक्री गरेको हो ।

बुद्धले आजभन्दा २५ वर्ष अगाडी बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट हवाई यात्रु सुरु गरेको थियो ।

नेपालका वायुसेवा कम्पनीले पुरानो जहाज मात्रै ल्याएर सञ्चालन गर्छन भनिरहँदा बुद्धले २५ वर्ष चलाएको बिचक्राफ्ट जहाज क्यानडाको कम्पनीलाई बिक्री गरेको हो ।

नेपाली आकाशमा ७५ हजार पटक उडान अवतरण गरेको पुरानो चहाल क्यानडाको कम्पनीलाई बिक्री गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र वहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार नेपाली आकाशमा उडान गर्ने सबै जहाज थोत्रा र पुराना हुन भन्नेहरुका लागि बुद्धले बिक्री गरेको बिचक्राफ्ट जहाज उदाहरण हो ।

जहाज पुरानो नहुँने भन्नै तोकिएको समयमा मेन्टेनेश गरेर २५ वर्षदेखि जहाज चलाईएको उनको बताए ।

१९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाजको नेपाली दर्ता नम्बर ‘नाइन एन –एईई’ र दोस्रो जहाज सन् १९९८ मा खरिद गरिएको बिचक्राफ्टको दर्ता नम्बर ‘नाइन एन –एईडब्लू’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.