नगद मार्जिन हटाउने निर्णय स्वागतयोग्य : नाडा

  २०७९ माघ ६ गते १७:४०     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल ९नाडा०ले नेपाल राष्ट्र बैंकले गरेको आयातमा अनिवार्य नगद मार्जिन हटाउने निर्णय स्वागतयोग्य रहेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो बताएको हो ।

राष्ट्र बैंकले बिहीबारदेखि १३ महिना अघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोवाइल वस्तुहरूको आयातमा एल।सी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णय गरेको थियो ।

त्यसैगरी सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध पनि केही समय अघि फुकुवा गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको यो निर्णयले अटोमोवाइल लगायतका व्यवसायहरूमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको नाडाले बताएको छ ।

यद्यपि, नाडाले राखेको अटो लोनरहायर पर्चेज कर्जामा जोखिम भारलाई ७५ प्रतिशत नै कायम गर्ने, बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रिया लोन टु भ्यालु रेसियोको हालको सीमाबाट वृद्धि गरिनु पर्ने लगायतका महत्वपूर्ण विषयहरूमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन नसक्ने बताएको छ ।

यस्तै, नाडाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरूलाई समेत तत्कालै संशोधन गर्न लागि राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.