भारतमा एक प्रतिशत धनीसँग ४० प्रतिशत सम्पत्ति, ५० प्रतिशत बासिन्दासँग तीन प्रतिशत मात्रै

  २०७९ माघ ३ गते १०:२२     विकासन्युज

एजेन्सी । भारतमा १ प्रतिशत धनी मानिसहरु कुल सम्पत्तिको ४० प्रतिशतको मालिक बनेका छन् । अक्सफार्मले हालै सार्वजनिक गरेको प्रतिवेदनले भारतका ५० प्रतिशत बासिन्दासँग ३ प्रतिशत मात्रै सम्पत्ति रहेको खुलासा गरेको छ ।

भारतका धनी व्यक्तिहरुको सम्पत्तिमा २ प्रतिशत ट्याक्स लगाउने हो भने ३ वर्षसम्म कुपषित मानिसहरुको लागि ४० हजार चार सय २३ करोड भारु रकम प्राप्त हुनसक्ने अक्सफार्मले जनाएको छ । त्यस्तै, भारतका १० जना धनी व्यक्तिहरुको सम्पत्तिमा एकपटक पाँच प्रतिशत कर लगााउने हो भने एकसय ३७ लाख करोड भारतीय रुपैयाँ जुट्न सक्छ, जुन सन् २०२३ को हेल्थ एण्ड फैमिली वेलफेयर मिनिस्ट्री अथवा आयुष मन्त्रालयको अनुमानित फण्ड भन्दा १.५ गुणा बढी हो ।

अक्सफार्मले बताएअनुसार कोरोना महामारीको समयमा भारतका अरबपतिहरुको सम्पत्तिमा १२१ प्रतिशतले वृद्धि भएको छ । महामारी शुरु भएपछि २०२२ नोभेम्बर सम्ममा अरबपतिहरुको सम्पत्तिमा १२१ प्रतिशतले वृद्धि भएको थियो ।

भारतमा सन् २०२२ मा अरबपतिहरुको संख्या वृद्धि भएर १६६ पुगेको छ, जुन सन् २०२० सम्ममा १०२ मात्रै थियो । भारतका सबैभन्दा धनी १०० जना व्यक्तिको स्वामित्वमा अहिले ६६० अर्ब डलर सम्पत्ति पुगेको छ ।

रिपोर्टकाअनुसार भारतमा अधिक सम्पत्ति सिमित धनीहरुका हातमा भएपनि धेरै कर भने गरिवहरुले बुझाउने गर्दछन् । भारतको प्रणालीले दलित, आदिवासी, मुस्लिम, महिला र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई नै पिडित बनाएको अक्सफार्मका सिइओ अमिताभ बेहरले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.