सुजुकीका गाडीको मूल्य बढ्यो, अब कति पर्छ ?

  २०७९ माघ २ गते १५:४९     विकासन्युज

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी मारुती सुजुकीले कारको मूल्य बढाएको छ । कम्पनीले आफ्ना विभिन्न मोडलका गाडीहरुमा मूल्य बढाएको जानकारी दिएको छ । कम्पनीले यसअघि नै मूल्य बढ्ने जानकारी गराएपनि आजदेखि भने मूल्य बढ्ने भएकाे हो ।

कम्पनीका अनुसार अब मारुती सुजुकीको हरेक गाडीहरुमा १.१ प्रतिशतको मूल्यवृद्धि हुनेछ । कम्पनीले गाडीको मूल्यमा १.१ प्रतिशत मुल्य बढाएको बताए अनुसार अब हरेक गाडी खरिद गर्दा ग्राहकले पनि १.१ प्रतिशत बढी मूल्य तिर्नु पर्नेछ ।

मुद्रास्फिति बढेको कारणले गाडीको मूल्य पनि बढाउनु पर्ने बाध्यता आएको कम्पनीको भनाइ छ । मुद्रास्फिति बढ्दा कम्पनीको लागत पनि बढेकोले कम्पनी गाडीको मूल्य पनि बढाउन बाध्य भएको हो । कम्पनीका अनुसार अहिले सुजुकीका गाडीका विभिन्न मोडलहरुमा १ लाख रुपैयाँ (भारु)बढीले बढेको छ ।

नेपालमा पनि बढ्ने

भारतमा गाडीको मूल्य बढेपछि नेपालमा पनि स्वतः मूल्य बढ्छ । भारतमा कम मूल्य बढेपनि नेपालमा भने दोब्बरले बढ्छ । नेपाल सवारीसाधनमा सर्वाधिक धेरै कर लगाउने मध्यको एक देश हो ।

नेपालमा एउटा सामान्य गाडी किन्ने पैसाले भारतमा २/३ वटा गाडी किन्न सकिन्छ । नेपालमा भन्सारदर, अन्तशुल्क, मूल्यवृद्धि कर लगायत शुल्कले गाडी बिक्रेताले भारतको तुलनामा दोब्बररतेब्बरले मूल्य बढाउँछन् । उदाहरणका लागि भारतमा बोलान कारको मूल्य १३ लाख २८ हजार रुपैयाँ पर्छ । तर, त्यसको मूल्य नेपालमा ३७ लाख ९९ हजार रुपैयाँ पर्छ ।

मारुती सुजुकी अल्टो भिएक्स गाडीको मूल्य भारतमा यसअघि १७ लाख ८९ हजार रुपैयाँ पथ्र्यो । अब १.१ प्रतिशतले बढेर १८ लाख ३२ हजार ५४९ पर्छ । सो रकमको नेपाली २९ लाख ५ हजार ९ सय ४९ रुपैयाँ हुन्छ । यसमा भन्सार, अन्त शुल्क, मूल्यवृद्धि कर लगायतका करहरु जोडेर नेपालमा तेसको तेब्बर बढी मूल्य हुन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.