यती एयरलाइन्सको साेमबार हुने उडान सबै रद्द

  २०७९ माघ १ गते १८:२९     विकासन्युज

काठमाडौं । यती एयरलाइन्सले सोमबार हुने भनिएका सबै उडान रद्द गरेको छ ।

आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो ।

एयरलाइन्सले  आपतकालीन र उद्धारका उडान भने हुने जनाएको छ ।

४ चालक दलका सदस्य र ६८ यात्रु सवार गरेकाे विमान दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.