चिकित्सक संघले २ संस्थासँगको सहकार्यमा २ चिकित्सकलाई १ लाख नगद सहित अवार्ड प्रदान गर्ने

  २०७९ पुष २५ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघले रुपा फाउन्डेसन र सज्जन-श्याम ट्रस्टसँगको सहकार्यमा चिकित्सकलाई अवार्ड प्रदान गर्ने भएको छ । अपिल अनुसार संघले २ जना चिकित्सकलाई १/१ लाख नगद पुरस्कार सहित अवार्ड प्रदान गरिने जनाएको छ ।

चिकित्सक संघले प्रदान गर्ने पुरस्कार एक जना महिला र एक जना पुरुषले पाउने जनाइएको छ । अवार्डका लागि आगामी माघ २ गतेसम्म आवेदन दिन सकिने र संघको स्थापना दिवसको दिन अवार्ड प्रदान गरिने संघको अपिलमा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको, चिकित्सक संघको आजीवन सदस्य रहेको, नयाँ सेवा स्थापनाको लागि रचनात्मक भूमिका निर्वाह गरेको, खोज अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको लगायतका मापदण्ड पुरा गरेको व्यक्तिले अवार्डका लागि आवदेन गर्न सक्ने जनाइएको छ । मापदण्डको बारेमा संघले अपिलमा विस्तृत विषय उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.