देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको छ : अध्यक्ष ओली

  २०७९ पुष २५ गते १४:४८     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा राजश्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताए ।

‘अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको छ, वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा छ, आयात गर्ने स्थिति छैन र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको छ, अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यक्ता रहेको छ,’ उनले भने ।

यस्तै, अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताए । ‘विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको छ र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.