वाग्मती प्रदेशको मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त

  २०७९ पुष २५ गते १४:२७     विकासन्युज

काठमाडाैं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।

जम्मकट्टेलले दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए । उनी २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.