हवाई भाडा ९ सयभन्दा बढीले घट्यो, कुन ठाउँ जान कति ? (भाडादरसहित)

  २०७९ पुष २५ गते १२:१६     विकासन्युज

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडा घटाएको छ । आइतबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर पनि घटेको हो ।

निगमले आइतबार रातीदेखि लागु हुने गरी आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

संघका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम ८ सय ८५ रुपैयाँ देखि न्युनतम १ सय ८० रुपैयाँसम्म हवाई भाडादर कायम गरिएको छ । यसबाट सबैभन्दा बढी लाभान्वित धनगढी जाने यात्रुहरु हुनेछन् । धनगढी जाने यात्रुहरुका लागि ८ सय ८५ रुपैयाँले हवाई भाडा घटेको हो ।

संघका अनुसार अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ६ सय ८५ रुपैयाँ सस्तो हुनेछ । काठमाडौंबाट भद्रपुरमा ६ सय, काठमाडौंबाट जनकपुरका लागि २ सय ६०, काठमाडौंबाट भरतपुरबाट २१५, काठमाडौं पोखरा ३२०, काठमाडौं भैरहवा ४१०, काठमाडौं नेपालगञ्ज ६५५, काठमाडौं तुम्लिङटार ३७०, काठमाडौं सिमरा १८०, काठमाडौं सुर्खेत ६९० र काठमाडौं राजविराज ४११ रुपैयाँले भाडादर घटेको छ ।

भाडादर घटेसँगै अब काठमाडौंबाट धनगढीको भाडादर १६ हजार १४० रुपैयाँ कायम भएको छ । यस्तैगरी, काठमाडौंबाट सुर्खेत १४ हजार ३०५, काठमाडौं भद्रपुर १२ हजार ३५५, माउन्टेन उडानमा १४ हजार २०५ र काठमाडौं नेपालगञ्ज १३ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.