देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै डा. युवराज खतिवडा सम्मानित

  २०७९ पुष २४ गते १२:११     विकासन्युज

काठमाडाैं । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा सम्मानित भएका छन् । आइतबार सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा खतिवडा सम्मानित भएका हुन् ।

देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै खतिवडालाई परिसंघले सम्मान गरेकाे हाे ।

२०१९ सालमा जन्मिएका खतिवडाले वि.सं. २०४१ सालमा राष्ट्र बैंकबाट आर्थिक क्षेत्रको यात्रा तय गरेका थिए । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

डा. खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा स्नातकोत्तर गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.