प्रा.डा. बरालको अध्यक्षतामा स्त्री क्यान्सर रोग समाजको नयाँ कार्यसमिति चयन

  २०७९ पुष २४ गते ११:१४     विकासन्युज

काठमाडौं । प्रा.डा. गेहनाथ बरालको अध्यक्षतामा नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको सम्मेलनले बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

समितिको उपाध्यक्षमा डा. जितेन्द्र परियार, सचिवमा प्रा.डा. गणेश दंगाल, कोषाध्यक्षमा डा. स्निग्धा राई, सहसचिवमा डा. विनोद अर्याल र वैकल्पिक सचिवमा डा. अनु बज्राचार्य निर्वाचित भएका छन्। यस्तै कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. शीला बर्मा, पदेन सदस्य, डा. ऋजुता जोशी, डा. कीर्तिपाल सुवेदी, डा. कविन भट्टचन र डा. रमेश श्रेष्ठ सदस्यमा चयन भएका छन्।

शनिबार नै गोसोनले दोस्रो द्वी वर्षिय वैज्ञानिक सम्मेलन सम्पन्न गरेको छ। महिलाको प्रजनन अंगका विभिन्न प्रकारका क्यान्सरहरु जस्तैः पाठेघर, पाठेघरको मुखको क्यान्सर, डिम्बासयको क्यान्सर, योनिमार्गको क्यान्सर लगायतका विभिन्न क्यान्सरको निदान, उपचार रोकथाम, स्क्रिनिङ्ग, तथा अनुसन्धान सम्बन्धी छलफल सम्मेलनमा भएको छ।

नेपाल स्त्री क्यान्सर रोग समाजको दोस्रो वैज्ञानिक सम्मेलन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । स्वदेश तथा विदेशका गरी करिब १५० जना विशेषज्ञहरूको उपस्थितिमा ४० भन्दा बढी कार्यपत्रहरू प्रस्तुत भएका थिए।

सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तोता मध्ये दुई जनालाई पुरस्कृत गरिएको थियो। सोही अवसरमा समाजका सल्लाहकारद्वय डा. विष्णुदत्त पौडेल र प्रभुराज बैद्य, संस्थापक अध्यक्ष डा. अचला बैद्य साथै नेपाल प्रसूति तथा स्त्री रोग समाज नेसोगको तर्फबाट पूर्व अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीलाई अभिनन्दन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.