जोरपाटीको अर्थोपेडिक अस्पतालको डाइरेक्टरमा डा. भण्डारी

  २०७९ पुष २३ गते ९:२५     विकासन्युज

काठमाडौं । गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा. कैलाशकुमार भण्डारी नियुक्त भएका छन् ।

हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत छन् । डा. युवराज खरेलको कार्यकाल सकिएपछि डा. भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएको अस्पतालले जानकारी दिएको छ ।

सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको यस अस्पताल सो केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटीका रुपमा स्थापना गरेका थिए । यस अस्प्तालले त्यसयता नेपालका हाडजोर्नीसम्बन्धी समस्याका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालले ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.