किन लगाउने एन्फ्लुएन्जा विरुद्वको भ्याक्सिन ?

  २०७९ पुष २० गते १०:१०     हरि तिमल्सिना

काठमाडौं । मानिसको स्वास्थ्यका विभिन्न समस्यामध्ये ‘फ्लु’ एक समस्या हो । खासगरी इन्फ्लुएन्जा भाइरस संक्रमणले मानिसमा देखिने श्वासप्रश्वास सम्बन्धि रोगलाई नै ‘फ्लु’ भनिन्छ ।
सरल शब्दमा यसलाई ‘एन्फ्लुएन्जा’ भनिन्छ । श्वासप्रश्वास सम्बन्धि देखापर्ने रोगको मुल्य कारक तत्व यसलाई लिइन्छ ।

धेरै नै संक्रामक यस भाइरस ‘फ्लु’ संक्रमितले खोक्दा, बोल्दा वा हाछ्युँ गर्दा नाक तथा मुखबाट निस्कने स–साना कणको माध्यमबाट हावामा फैलन्छ ।

यो भाइरस आसपास रहेका अर्काे कुनैपनि मानिसमा सजिलै सर्ने तथ्य अध्ययनहरुले देखाएको छ । केहि व्यक्तिलाई भने फ्लु भाइरस भएका कुनैपनि वस्तु अथवा सतह छोएको, हात सफा तथा स्वच्छ नगरिकनै सिधै मुख, नाक तथा आँखामा लगेको / छोएको खण्डमा पनि फ्लुको संक्रमण हुने सम्भावना हुन्छ ।

शरीरमा छिरेको फ्लुले खासगरी व्यक्तिको नाक, घाँटी हुँदै फोक्सोमा समेत असर पु¥याउँछ । सामान्य रुघाखोकिदेखि जटिल श्वासप्रश्वास समस्याको अवस्थासम्म निम्त्याउँने फ्लुलाई बेवास्ता गरेमा यसले व्यक्तिलाई मृत्युको मुखसम्म डोर्याउन सक्छ ।

फ्लु कसरी पहिचान गर्ने?

अधिकांश रोग पहिचान लक्षणहरुबाटै हुने गर्दछ । एन्फ्लुएन्जा संक्रमित बिरामीमा भने संक्रमितमा घाँटी दुख्ने, नाकबाट सिंगान बगिरहने, उच्चज्वरो, टाउकोको दुखाई, मांसपेशी तथा हाडजोर्नीको दुखाई महशुस हुनेजस्ता लक्षणहरु देखा पर्दछ ।

अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिएपनि तुलनात्मक रुपमा यो सामान्य रुघाखोकी भन्दा बढि घातक हुन्छ ।

त्यसैले यस्ता लक्षण देखेका व्यक्तिले यसलाई बेवास्ता नगरी एकपटक अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।

यस रोगले प्रतिरोधात्मक क्षमता कम भएका समूहलाई बढि आक्रमण गर्छ । खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्व–वृद्वा तथा दिर्घरोगीहरुलाई फ्लुले संक्रमण गर्न सक्ने जोखिम बर्गमा पर्दछन्।

कतिपय अवस्थामा गर्भवतिको दौरान अन्यको तुलनामा महिलाको स्वास्थ्य संवेदनशिल हुने भएकाले पनि यस समूहलाई फ्लु संक्रमण जोखिम समूहको रुपमा लिइन्छ ।

फ्लुबाट बच्ने भरपर्दाे उपाय भनेकै ‘एन्फ्लुएन्जा भ्याक्सिन’हो । फ्लु विरुद्व लगाइने एन्फ्लुएन्जा भ्याक्सिनले व्यक्तिमा एन्फ्लुएन्जाको जोखिमलाई कमगर्छ । साथै खोप लिएका व्यक्तिमा यसको संक्रमण देखिएपनि गम्भीर अवस्थाको सम्भावनालाई न्युन पार्दछ ।

त्यसैले स्वस्थ स्वास्थ्य एवम् नतिजा दुवै तवरबाट सफल देखिएको यसलाई फ्लुबाट बच्ने सुरक्षित एवम् भरपर्दाे उपाय मानिन्छ । एन्फ्लुएन्जा भ्याक्सिनलाई एक स्वेच्छिक खोप मानिन्छ । यद्यपि बाल चिकित्सकहरुले भने बालबालिकाको पुर्व स्वस्थ स्वास्थ्यको दृष्टिकोण हिसाबले ६ महिना कटेका प्रत्येक ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइनु पर्छ भन्ने मान्यता राख्छन ।
चिकित्सकसँगको परामर्श पछिमात्रै त्यसरी खोप लगाउनु उपयुक्त हुन्छ । यस्तै, सीडीसीले ६५ वर्ष उमेरभन्दा माथिका समूहको हकमा भने प्रत्येक ६ महिनाको अन्तरमा यो खोप दिन सिफारिस गरेको छ ।

यसैगरि गर्भको दौरान महिलाको प्रतिरक्षा, मुटु तथा फोक्सोको कार्यप्रणालीमा परिवर्तन भइरहने भएकाले यस्ता समूहमा फ्लुको जोखिम उच्च हुने भएकाले गर्भवति महिलाले पनि यो खोप लगाउन अनिवार्य दखिन्छ ।

समग्रमा अन्य सामान्य व्यक्तिहरुले भने प्रत्येक १/१ वर्षको अन्तरालमा एन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

तर, खोपको मात्रा लिन जादाँ व्यक्तिले आफुमा भएको एलर्जी लगायतका अन्य स्वास्थ्य समस्या भएको खण्डमा भने सम्बन्धित चिकित्सक/ स्वास्थ्यकर्मीलाइ खुलस्त रुपमा जानकारी गराउनुपर्छ ।

खोप लगाउन कहाँ जाने?

चिकित्सकको सल्लाह अनुसार, व्यक्तिले आफ्नो पायक एवम् सहजता अनुसार सरकारी एवम् सरकारी मान्यता प्राप्त निजि जुनसुकै स्वास्थ्य केन्द्रबाट पनि सो भ्याक्सिन प्राप्त गर्न सक्छन् । अधिकांश स्वास्थ्य केन्द्रहरुमा यो सेवा सहजै उपलब्ध छ । यो सेवा जावलाखेल स्थित आरोग्य स्वास्थ्य सदनमा पनि उपलब्ध छ।

निस्कर्ष

एन्फ्लुएन्जा भ्याक्सिन’लाई अत्यन्त संक्रामक मानिने ‘एन्फ्लुएन्जा’ भाइरसका कारण देखापर्ने फ्लुको जोखिमलाई कम गर्ने उत्तम उपायको रुपमा लिइन्छ ।

यसले व्यक्तिमा हुने फ्लुको जोखिमलाई ४० देखि ६० प्रतिशतसम्म कम गराउँछ । प्राप्त नितिजा अनुरुप उत्कृष्ट देखिएको यसको मात्रा चिकित्सकको सल्लाह अनुसार ६ महिना माथिका जुनसुकै उमेर समूहका व्यक्तिले लिन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.