मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

  २०७९ पुष १६ गते १०:०८     विकासन्युज

सङ्खुवासभा । सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ । पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो । उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते सङ्खुवासभामा गरेका थिए।

हाइड्रोपावर सम्पन्न भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए। उनले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए। ‘स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेका छौँ’, उनले भने।

इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको पाँच दशमलव दुई मेघावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.