पुस १८ गतेदेखि अल्का अस्पतालमा स्वास्थ्य शिविर हुँदै, एमआरआइ र सिटी स्क्यान निःशुल्क

  २०७९ पुष १५ गते १५:३२     विकासन्युज

काठमाडाैं । अल्का अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलमा रहेको अल्का अस्पतालले पुस १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको प्रशासन प्रमुख भगवान् केसीले जानकारी दिए ।

अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए । शिविरमा स्वास्थ्य जाँच गरेकालाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधी वितरण पनि गरिने अस्पतालले जनाएको छ ।

यस्तै, शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटका साथै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क व्यवस्था मिलाइएको अस्पतालले जानकारी दिएकाे छ । शिविरमा सहभागीहरुले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.