हुन्डाइ कन्स्ट्रक्सनका डेढ करोड हेभि एक्जाभेटर ९० लाखसम्म पाइने

  २०७९ पुष १४ गते १७:०८     विकासन्युज

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत व्यवसायीहरूले कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सक्नेछन् ।

कम्पनीकाे अनुसार व्यवसायीहरूले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा एक करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्ने कम्पनीले बताएकाे छ ।

कम्पनीकाे अनुसार उक्त सेकेन्ड ह्यान्डका उपकरणहरू ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका छन् ।

यस्तै, कम्पनीले ‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि दिएकाे छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको नि: शुल्क मर्मत गर्ने व्यवस्था पनि गरेकाे छ ।

ग्राहकले यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौं, हेटौँडा र बुटवल सोरुमबाट खरिद गर्न सक्ने कम्पनीले बताएकाे छ ।

हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.