काठमाडौं महानगरले सुकुम्बासी बस्ती हटाउन माग्यो गृहको सहयोग

  २०७९ पुष १४ गते १६:५३     विकासन्युज

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले बागमति नदी किनारमा रहेकाे अनाधिकृत संरचना हटाउन गृह मन्त्रालयलाई सहयाेग गर्न आग्रह गरेकाे छ ।

महानगरपालिकाले बुधबार गृह मन्त्रालयलाई एक पत्र लेख्दै बागमति नदी किनारमा रहेकाे सुकुम्बासी बस्ती हटाउन सहयाग गर्न आग्रह गरेकाे हाे ।

महानगरले प्रयास गरे पनि सुकुम्बासी बस्तीहरु हटाउन नसकेकाे भन्दै समन्वय र सहयाेग गर्न आग्रह गरेकाे छ ।

‘उल्लेखित अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित / अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बाग्मती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ,’ पत्रमा लेखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.