५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय, संयोजक ओली

  २०७९ पुष १४ गते ११:५५     विकासन्युज

काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए । ‘बैठकमा मन्त्रीमण्डल विस्तारका बारेमा पनि छलफल भएको छ, आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको छ,’ उनले भने ।

गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्नेकुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।

One comment on "५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय, संयोजक ओली"

  • तोरी says:

    भ्रमण दशक घोषणा र तद अनुरुप कार्यन्वयेन पनि साझा नीति कार्यक्रम राख्नु पर्यो
    पर्यटनलाई टेवा दिनुहोस, बिदेशी मुद्रा संचिति बढाउने बाटोमा लाग्नुस् र देशलाई सम्मुनत बनाउनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.