नेपाल इन्भेष्टमेन्ट बैंकले २ वटा गाडी बेचेर रकम असुल्दै

  २०७९ पुष १४ गते ८:४९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।

बैंकले ऋण कर्जाको धितो सवारी साधन सम्पतिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले पुस २० गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ ।

प्रल्हाद बोगटीले हायरपर्चेज कर्जा शिर्षकमा लिएको ऋण चुक्ता नगरे बा ४ ख ६१०१ नम्बरको टाटा मोटर्स बिक्री गर्ने भएको हो ।

यस्तै, ऋणी केश राज महर्जनले ऋण चुक्ता नगरे बा ४ ख ६०९ नम्बरको टाटा मोटर्स बिक्री गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.