आयात प्रतिबन्धको असर : बजारमा रौनक घट्यो, गाडी निर्माता कम्पनीले पत्याउन छाडे

  २०७९ पुष १३ गते १५:४८     विकासन्युज

काठमाडौं । नेपाल सरकारले चारपाँग्रे गाडी आयातमा प्रतिबन्ध लगाउँदा गाडी निर्माता कम्पनीले नेपाली व्यवसायीलाई हेर्ने नजरमा परिवर्तन आएको बताएका छन् । सरकारले बीना जानकारी गाडी आयातमा रोक लगाउँदा त्यसको असर हाल व्यवसायमा पर्न थालेको गाडी व्यवासायीहरुले बताएका हुन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष धुब्र थापा आयात प्रतिबन्धका कारण गाडी निर्माता कम्पनीले नेपाली व्यवसायीलाई पत्याउनै छाडेको बताउँछन् । उनले गाडी निर्माता कम्पनीले नेपाली व्यवसायीलाई नपत्याउँदा आयात खुलेको २ महिनापछि मात्र गाडी आउने गरेको बताए ।

‘नेपालका व्यवासयीहरूको भर हुँदैन, बुकिङ गरेर रद्द गर्छन भनेर गाडी निमार्ता कम्पनीहरूले हाम्रो बुकिङ लिन समेत आनाकानी गर्न थालेका छन्, यसअघि बुकिङ गरेर मात्रै एलसी खोलिने गरेकोमा अहिले एलसी खोलेपछि मात्र बुकिङ लिन्छौँ भनेर बुकिङ नै लिएनन,’ उनले भने, ‘हामीले बुकिङ गरेपछि मात्र उनीह?ले गाडी बनाएर पठाउने हो, अबको २ महिनापछि मात्र गाडी आउँछन्, सरकारका कारण हामी व्यवसायीलाई गाडी निमार्ता कम्पनीले विश्वास गर्न छाडे ।’

उनका अनुसार बिना जानकारी आयातमा रोक लगाउँदा र आयात खुलाउने आश्वासन दिएपछि २ पटक सम्म बुकिङ गरेका गाडीहरू रद्द गर्दा गाडी निर्माता कम्पनीहरूले नेपाली व्यवसायीको बुकिङ लिनै आनाकानी गर्न थालेको छन् । उनले अटो व्यवसायमा पहिलाको जस्तो रौनक हाल नरहेको बताए ।

‘सरकारले अचानक एलसी खोल्न नै प्रतिबन्ध लगायो, हामीले आयातमा नै प्रतिबन्ध हुन्छ भन्ने सोच पनि थिएन, हामीले थुप्रै अडर थिए, कल्पनाभन्दा बाहिरिका कुरा सरकारबाट आएपछि हामीले सबै अडर रद्द गर्याै, एक्कासी धेरै अडरहरू रद्द भएपछि गाडी निर्माता कम्पनीले हामीलाई ट्रस्ट गर्नै छाडे,’ उनले भने, ‘पहिलाको जस्तो रौनक अहिले छैन्, अहिले केही कम्पनीहरूले सिमित मात्रामा मात्रै एलसी खोलेका छन्, गाडीको माग नै छैन, भएका गाडी समेत बिक्री भएनन ।’

बिक्री हुने अवस्था नभएका कारण सिमित मात्रामा मात्रै एलसी खोल्न थालिएको उनको भनाई छ । नेपालमा आयात प्रतिबन्ध लगाउँदा भारत लगायतका देशमा अधिकाशं कम्पनीले लञ्च गरेका नयाँ मोडलका गाडीहरू नेपाल ल्याउन व्यवसायीहरूले एलसी खोल्न थालेको उनको भनाई छ ।

उनका अनुसार महिन्द्रा, फोड, एभरेष्ट, टाटा लगायतका गाडीले सार्वजनिक गरेका नयाँ मोडलका गाडीहरु नेपाल ल्याउन एलसी खोलिसकेका छन् ।

आन्दोलन निरन्तर

नाडाले सवारी साधनहरूको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै गरेकाके आन्दोलनलाई निरन्तरता दिएको जनाएकोे छ । नयाँ सरकार गठन भएपछि समेत आन्दोलनलाई निरन्तरता दिदै नाडाले सरकारलाई व्यवसायीको समस्या राख्ने जनाएको छ ।

‘चितवनको भेलाले थप कार्यक्रम घोषणा गरेको छ, हाम्रो आन्दोलन निरन्तर छ, नयाँ सरकार गठन भएपछि हाम्रा मागहरू अर्थमन्त्रीसँग राख्छौँ, उहाँबाट कस्तो जवाफ आउँछ त्यसपछि थप निर्णय हुन्छ,’ उनले भने ।

नाडाका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार दिउँसो भेट गर्ने कार्यक्रम तय गरेकोे छ । देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । गाडी लगायतका वस्तु आयातमा लगाएको प्रतिबन्ध सरकारले पुस १ गतेबाट हटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.