कुमारीसँग मर्जरमा रहेको एनसीसी बैंकका सेयरधनी धमाधम सेयर बिक्री गर्दै, प्रतिकित्ता १ सय रुपैयाँ

  २०७९ पुष १२ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकका संस्थापक सेयरधनीहरु धमाधम सेयर बिक्री गरिरहेका छन् । एनसीसी बैंकका संस्थापक सेयरधनीहरुले संस्थापक समूहको १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

बैंकका ७ जना संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।

बैंकको उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको अवधिभित्र उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरे अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको एनसीसी बैंकका सेयरधनीहरु भने बाहिरिने भएका हुन् । कुमारी बैंक र एनसीसी बैंकबीच पुस १७ गते एकीकृत कारोबारको मिति तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.