लाभांश : १३ बैंकको घट्यो, ७ बैंकको बढ्यो

  २०७९ पुष १२ गते १२:४२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको लाभांशदर घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरुको लाभांश दर घटेको हो । गत वर्षको नाफाबाट बैंकहरुले सेयरधनीहरुलाई औषतमा १० प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुको लाभांश औषतमा ४.११ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई वाणिज्य बैंकहरुले औषतमा १०.२६ प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । जसमा औषत ४ प्रतिशत बोनस सेयर वितरण गरेका छन् भने औषत ५.९३ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा १३ वटा बैंकको लाभांश घटेको छ । जसमा नबिल बैंक, हिमालयन, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, एनएमबि बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी गरी १३ बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश घटाएका हुने ।

यस्तै, गत वर्षको नाफाबाट ७ वटा बैंकले लाभांश बढाएका छन् । बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक र नेपाल एसबिआई बैंकले अघिल्लो वर्ष भन्दा धेरै लाभांश दिएका हुन् ।

सिभिल बैंकले भने अघिल्लो वर्ष वितरण गरे बराबर नै लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको लाभांश स्थिर रहेको छ ।

विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन् भने एक बैंकले बाँकी नै रहेको छ । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् भने कृषि विकास बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

एनआईसी एशिया बैंकले लगातार २ आर्थिक वर्ष सेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन । यस वर्ष सनराइज, लक्ष्मी र माछापुच्छ्रे बैंक पनि थपिएका छन् ।

हालसम्म १० वटा वाणिज्य बैंकको लाभांश वार्षिक साधारण सभाले पािरत गरिसकेको छ भने ११ वटा बैंकको लाभांश पारित हुन बाँकी रहेको छ ।

१० बैंकको लाभांश साधारण सभाबाट पारित

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कूूल १३.६ प्रतिशत लाभांश वितरण गरेको हो ।

बैंक अफ काठमाण्डुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको हो ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गरेको हो ।

कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको हो ।

मेगा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गरेको हो ।

११ बैंकको लाभांश पारित हुन बाँकी

नबिल बैंकले गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बनेको छ । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत अर्थात् बोनस सेयर र कर प्रयोजनका लागि ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायमु चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बैंक बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

एनएमबि बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांस वितरण गर्ने भएको हो ।

सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५. प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांस वितरण गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.