नेरुडे र मिर्मिरे लघुवित्त मर्ज हुँदै, चुक्तापूँजी एक अर्ब ३८ करोड पुग्ने

  २०७९ पुष १२ गते १०:३८     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । दुवै लघुवित्त संस्था एक आपसमा गाम्भे/गाभिने गरी पुस ११ गते सोमबार प्रारम्भिक सम्झौता भएको हो ।

नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय मोरङको विराटनगर महानगरपालिका ३ मा रहेका छ भने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा ८ मा रहेको छ ।

मर्जर सम्झौतामा नेरुडे लघुवित्तका अध्यक्ष डा.भेष प्रसाद धमला र मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका हुन् । दुवै लघुवित्तले मर्जर सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको छ ।

दुबै संस्थाहरु मर्ज भई एकिकृत कारोबार पश्चात वित्तीय संस्थाको कुल चुक्तापूँजी १ अर्ब ३८ करोड, शाखा सञ्जाल संख्या २५०, सदस्य संख्या ३ लाख बढी, ऋणी संख्या १ लाख ७५ हजार, निक्षेप ६ अर्ब २५ करोड, कर्जा लगानी रकम २० अर्ब हुनेछ भने कर्मचारी संख्या १३ सय पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.