सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्नेछ : सीईओ खत्री

  २०७९ पुष ११ गते १८:१६     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताएका छन् । उनले चुनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भएको बताउँदै अब थप व्यवसाय गर्दै बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताए ।

सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सीईओ खत्रीले सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीचको मर्जरको अनुभव चुनौतिपूर्ण रहेको बताए । ‘मर्ज गर्नुअघि बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन, भ्यालुएसन कसरी गर्ने, २ वटा एक्च्यूरी टीमले छुट्टाछुट्टै भ्यालुएसन गर्न नै चुनौती थियो,’ उनले भने ।

साथै, उनले एकीकृत कारोबार पश्चात कम्पनीले दुई दिनमै एक हजारभन्दा बढीको बीमालेख जारी गरेको समेत बताए । ‘पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार शुरु गरेका थियौं । त्यसको दुई दिनमै अर्थात पुस ७ र ८ गतेभित्र कम्पनीले एक हजारबढीको बीमालेख बिक्री गरिसकेको छ,’ उनले बताए ।

यस्तै, उनले दुबै कम्पनीमा आवद्ध भएका कर्मचारीहरुलाई एकीकृत कारोबार सुरु गर्नुअघि नै भोलीको दिनमा कसको भूमिका के हुन्छ भनेर स्वेच्छिक रुपमा अवकाश गरेको बताए । एकीकृत कारोबार पश्चात् ज्योति लाइफको कुल शाखा संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।

मर्जपश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.