युएनडीपीसँगको सहकार्यमा नाट्टाद्वारा पर्यटन प्रशिक्षण सम्पन्न

  २०७९ पुष ९ गते १०:१०     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट(नाट्टा)ले युएनडीपीसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड(१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित पर्यटन व्यवसाय पुनः सूचारु हुने तरखर गरिरहेको सन्दर्भमा नेपालको पर्यटन व्यवसाय पुन संचालन गर्न दक्ष जनशक्ति उत्पादन र पुराना जनशक्तिको क्षमता अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड अर्न्तगत युनडीपीको सहयोगमा संचालित जिविकोपार्जन पुर्नरुत्थानका लागि दीगो पर्यटन परियोजना संगको सहकार्यमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशको २७ वटै प्रदेशमा पर्यटन व्यवसायमा आवद्ध जनशक्तिलाई अत्यावश्यक तालिम कार्यक्रमहरु सम्पन्न गरेको हो ।

उक्त तालिम कार्यक्रमहरुमा ‘एअरलाइन्स टिकेटिङ्ग, टुर प्रडक्ट डेभलपमेन्ट र कस्टोमर सर्भिसलाई समावेश गरिएको थियो । तालिम कार्यक्रम प्रदेश १ को विराटनगर, मधेश प्रदेशको सिमरा, बाग्मती प्रदेशको काठमाण्डौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको भैरहवा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको नेपालगन्जमा सम्पन्न भएको नाट्टाले जनाएको छ । तालिम कार्यक्रमहरुबाट जम्मा ३७७ जना प्रशिक्षार्थीहरु लाभान्वित भएको र पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पुरा गरी पर्यटन व्यवसाय पुनः सुचारु हुन मद्दत पुग्ने विश्वास लिइएको छ ।

तालिम कार्यक्रममा सहभागी भई तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी प्रमुख अतिथि, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी र संयुक्त राष्ट्र संघ विकास कार्यक्रमकी आवसीय प्रतिनिधि आएसानी मेदा गगोदा लावे विशिष्ट अतिथि रहेका थिए ।

नेपाल पर्यटन बोर्डमा भएको समापन समारोहमा प्रमुख अथिति, विशिष्ट अतिथि तथा नाट्टा अध्यक्षबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो सो अवसरमा नाट्टा र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा प्रकाशन गरेको तालिम निर्देशिका समेत विमोचन गरिएको थियो । उक्त तालिम निर्देशिकाबाट आगामी दिनमा आयोजना हुने तालिम कार्यक्रमहरुको गुणस्तर कायम गर्न सहज हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.