रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिममा अभिकर्ताहरु सम्मानित

  २०७९ पुष ८ गते १७:१४     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका १०० भन्दा बढी अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.